Incident Reports

पत्रकार दाहालमाथि दुर्व्यवहार, प्रेस युनियन काठमाडौंद्वारा निन्दा

2021-04-13

काठमाडौं :

पत्रकार केदार दाहालमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।शाखाका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान भारतीय दूतावास अगाडि भएको घटनाको भर्त्सनासमेत गरेको छ।

‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथि भएको आक्रमण भएको थियो। दाहाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् भने नेपाल प्रेस युनियन काठमाडौं शाखाका सदस्य हुन्।

अध्यक्ष दुलालले पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकारमाथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप रहेको उल्लेख गरेका छन्।

'पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ,' जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रेस युनियन काठमाडौं शाखा समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथि दुव्र्यवहार गर्ने प्रहरी माथि तत्काल छानविन गरी कडा कारवाहीको माग गर्दछ।' छानबिन गरी कारबाही नगरिए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै कडा अन्दोलनमा ओर्लिने समेत चेतावनी दिएको छ।

 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments