2021-04-14
Province 1, Morang, Sundarharaicha, Ward 7
१ वैशाख, विराटनगर ।
टिपरको ठक्करबाट मोरङको सुन्दरहरैचामा एकजना वृद्धाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा बुधबार बिहान पैदलयात्री ७५ वर्षीया वृद्धा मैयादेवी प्रधानको मृत्यु भएको हो पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा प्र-१ -०२-००१ ख ८५३० नम्बरको टिपरले ठक्कर दिएको थियो । घटनाको विरोधमा स्थानीयले करीब एक घण्टा सडक अवरुद्ध बनाएका थिए ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वतर्फ गइरहेको टिपरले ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका- ३ का ३२ वर्षीय चूँडामणि भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्व-पश्चिम लोकमार्ग करीब एकघण्टा अवरुद्ध बनाएका थिए । प्रहरीले लापरवाही गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले अवरुद्ध गरेको सडक खुलेको थियो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Road block |
Primary Cause | Issues related to legal action and access to justice |
Secondary Cause | Extra-judicial response to traffic accidents |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD