Incident Reports

सामान्य प्रशासन मन्त्रालय अगाडि नासुको प्रदर्शन

2021-04-14

Bagmati, Kathmandu, Kathmandu

२ वैशाख, काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन् । बिहीबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘माननीय ज्यू नासुको आँसु देख्नु भएन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)मा पदपूर्तिको व्यवस्थाप्रति पनि विरोध जनाएका छन् । सो श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

संसदमा पेस भएको संघीय निजामी सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ ।


Update

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ

काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो।

शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेजस्ता माग राख्दै नासुहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृद्धि विकासमा मार्ग अवरुद्ध हुने खालको भएको र यसैको विरोधस्वरुप सांकेतिक रुपमा कार्यालयको कामलाई बाधा नपर्ने गरी प्रदर्शन गरिएको विरोधमा सहभागी प्रकाश भट्टराईले बताए ।

सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था ऐनमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments