Incident Reports

स्थानीयद्वारा भक्तपुर- नगरकोट सडक खण्ड अवरुद्ध

2021-04-15

Bagmati, Bhaktapur, Bhaktapur

भक्तपुरको कमलविनायकबाट तेलकोट हुँदै नगरकोट जाने सडक स्तरउन्नती गर्न ठेक्का दिएको करिब ८ वर्ष हुन लाग्यो ।  करिव १६ किलोमिटर लम्बाइको भक्तपुर– नगरकोट सडकखण्ड स्तरोन्नति गर्न २०७१ असार २ गते सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो ।

सैलुङ कन्स्ट्रक्सन ठेक्का पाएको करिब ८ वर्ष सम्म पनि भक्तपुर–नगरकोट सडकको काम सम्पन्न गर्न नसकेपछि स्थानीयहरुले विरोध गरेका छन् । बिहिबार स्थानीय बासिन्दाहरूले तेलकोट फेदीमा सडकमा बार नै लगाएर बन्द गरेका छन् ।
पटक–पटक म्याद थप गर्दै आए पनि उच्च राजनीतिक पहुँच भएका ठेकेदार शारदाप्रसाद अधिकारीले काम समयमा नसकेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् ।  स्थानीय दिनेश लामिछानेले भने, ‘हाम्रो विशुद्ध अरु माग केही छैन सडक पिच गरेर जाउँ ।’ बारम्बार वार्ता गर्ने तर, निर्माण कम्पनीले काम नगर्ने भएकाले बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाई छ ।

हामी सधै यहीँ बस्नुपर्छ, तपाई आएर २४ घण्टा बस्नुहोस् अनि थाहा पाउनु हुनेछ कति धुलो हुन्छ ? लामिछानेको प्रश्न गरेका छन् ।  सैलुङ कन्स्ट्रक्सनले बेश राख्ने, पानी हाल्ने काम गर्ने र त्यो पनि केही दिन छोडेर हिँड्ने भएकाले काम नभएको अर्का स्थानीय राजकुमार लामिछानेको भनाई छ । तीन महिनामा एकसय मिटर सडक मात्रै कालोपत्र भएको, कामदारलाई ज्याला दिन नसकेको जस्ता समस्याले गर्दा स्थानीय समस्या भोग्नु परेको राजकुमारले आक्रोश व्यक्त गरेका छन् ।

सैलुङ कन्स्ट्रक्सनका प्रमुख अधिकारी नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । स्थानीयहरुले करिब २ घण्टा सडक अवरुद्ध गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments