Incident Reports

समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

2021-04-18

बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार भएको घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ । नयाँ पत्रिकाकर्मी सुरेन्द्रकुमार कामति र एभिन्यूज सिरहा संवाददाता शुभनारायण कामतीलाई आरोपित पक्षका रामचन्द्र साहले दुव्र्यवहार गरेका हुन् । गाउँमै घटना मिलाउन चाहेको, तर पत्रकारको टोली पुगेपछि घटना बाहिरिने र कारबाही हुने भयपछि साहले गालीगलौज गर्दै पटक पटक कुटपिट गर्ने धम्की दिएका थिए । आफ्नै घर अगाडिको सडकमा आफूलाई पटक पटक धम्की दिएको एभिन्यूजकर्मी कामतीले बताए । असुरक्षा महसुस भएपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

पत्रकार महासंघ सिरहाले घटनाको भत्र्सना गरेको छ । महासंघ सिरहा अध्यक्ष मनोज बनैताले समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई गालीगलौज र कुटपिटको धम्की स्वतन्त्र प्रेसप्रतिको आक्रमण भएकोले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।गाउँमै मिलाउन प्रहरीमा उजुरी हाल्न नदिएको हो : स्थानीय श्रीदेव यादव

कुटपिटको घटना सुन्नमा आयो, आफन्तबीचको मामिला भएकाले प्रहरीमा गएर मिलापत्र गर्नुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर फर्काएको हुँ । अब गाउँमै पञ्चायत हुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments