Incident Reports

मनहरीको ४ नम्बर वडा कार्यालयमा तालाबन्दी

2021-04-14

Bagmati, Makawanpur, Manahari, Ward 4

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको ४ नम्बर वडामा स्थानीयहरुले तालाबन्दी गरेका छन् । वडा अध्यक्ष नभएको समयमा र वडा सचिव गाउँपालिका गएको मौकामा केही स्थानीयहरुले ताला लगाएको मौखिम जानकारी आएको वडा अध्यक्ष ध्रुव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ४ नम्बर वडा कार्यालयअगाडि वडा कार्यालयको भवन र स्वास्थ्य कार्यालयको भवन बनाउन निर्णय गरेको विरोधमा ताला लगाइएको हो। 

बडाको भवन बनाउन स्थानीय रामहरि विष्टले २ कठ्ठा जग्गा दान दिनुभएपछि वडा कार्यालयको भवन बनाउनु सुरु गर्ने निर्णय भएको थियो । यसअघि पनि जग्गादाताहरुले जग्गा उपलब्ध गराए पनि वडा कार्यालय भवनसँगैको जग्गामा भवन बनाउने निर्णय गरेकोमा विमत्ति जनाएर कार्यालयमा ताला लगाएको मौखिक जानकारी आएको वडाअध्यक्ष खड्काले बताउनुभयो । आज बुधबार सार्वजनिक बिदा परेकाले बिहीबार मात्र यसबारे छलफल हुने उहाँले जानकारी दिनुभयो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments