Incident Reports

मुक्त कमलरी विकास मञ्च कैलालीद्वारा जोशीपुर गाउँपालिका घेराउ

2021-04-18

Sudurpashchim, Kailali, Joshipur

कैलालीः मुक्त कमलरी विकास मञ्च कैलालीले जोशीपुर गाउँपालिका घेराउ गरेको छ।कमलरीहरूको समस्या समाधान र सम्बोधन गर्नुपर्ने माग सहित मुक्त कमलरी विकास मञ्च नगर समितिले जोशीपुर गाउँपालिकालाई १० बुदे ज्ञापनपत्र समेत बुझाएको हो।ज्ञापनपत्र बुझाउनुभन्दा पहिले उनीहरूले गाउँपालिका घेराउ गर्दै नाराबाजी गरेका थिए।

उनीहरूले 'मुक्त कमलरीहरूको चाहाना शिक्षा, सीप, रोजगार, जमिन सहितको पुनर्स्थापना, प्राविधिक शिक्षाको व्यवस्था गर, लोकसेवा तयारी कक्षाको व्यवस्था गर, बेपत्ता कमलरीको खोजि गर, हत्या गरिएका कमलरीलाई न्याय दे, ३६ महिने तालिमको व्यवस्था गर' लगायतका नाराबाजी गरेका थिए बुझ्दै जोशीपुर गाउँपालिका गाउँ सभा सदस्य तथा वडा नम्बर १ का अध्यक्ष विद्याराम चौधरीले आउने गाउँ सभामा कमलरीहरूको समस्या अध्यन गरेर उनिहरूलाई राज्यबाट पाउने शिक्षा, स्वास्थ्य, राजगारीजस्ता सेवा सुविधा दिलाउने प्रतिबद्धता जनाए।

साथै कमलरीहरूलाई स्वावलम्बी बनाउन तालिमको लागि बजेट छुट्याउने मुक्तकमैया, मुक्तहलिया, सुकुम्बासी लगायतकाको पुनर्स्थापना भइरहँदा कमलरीहरूसँग भएको सहमतीअनुसार पुनस्थापना हुन सकेको छैन।मुक्त कमलरी विकास मन्च कैलालीको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका कमलरी तथा कमलरी परिवारका सदस्यहरुको सहभागिता रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments