Incident Reports

मकवानपुर गढीमा सम्पदाप्रेमीले गरे सांकेतिक विरोध

2021-04-18

Bagmati, Makawanpur, Makawanpurgadhi

मकवानपुर गढीमा सम्पदाप्रेमीहरूले सांकेतिक विरोध गरेका छन्। गढीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मध्यनजर गर्दै संरक्षण र संवर्धनका लागि ध्यानाकर्षण गराउन आइतबार उनीहरूले विरोध कार्यक्रम गरेका हुन्।

विश्व सम्पदा दिवसको अवसरमा गरिएको कार्यक्रममा उनीहरूले 'सम्पदा हुनु भनेकै सम्पन्न हुनु हाे',  'सम्पदा नै नरहे, कुन मन्दिरमा जान्छौ यात्री?, मकवानपुरको परिचय नहोस् है विलय, आजले हिजोलाई बिर्सिएझैं इतिहासलाई बिर्सने पो हौ कि? लगायत नारा भएका पर्चा बोकेका थिए। त्यसपछि बागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयमा ज्ञापन पत्र पनि बुझाए।

लामो समयदेखि बेवास्ता गरिएका कारण जिर्ण बनेको गढीको उचित संरक्षण  र सम्वर्द्धनका लागि सरोकारवाला निकायलाई उनीहरूले ध्यानाकर्षण गराउन खोजेका हुन्।सरोकारवालाहरूको बेवास्ताका कारण गढी परिसर वरिपरि अव्यवस्थित संरचना निर्माण र जथाभावी फोहोर भएको उनीहरूले जनाए। साथै, सुरक्षा अभावमा सेन वंशीय दरबार दिनदिनै भग्नावशेषमा परिणत हुँदै भएकामा चिन्ता व्यक्त गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments