Incident Reports

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

2021-04-20

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने पहिलो र पुरानो सडक जिर्ण हुँदा समेत सरोकारवाला निकार्यले मर्मत र स्तरोन्नतीमा चाँसो नदिएकोले स्थानीयबासीले कटारी – घुर्मि सडक अबरोध पु¥याएका हुन ।

पटक पटक स्तरोन्नतीको माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय बासीले सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने सिद्विचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अनिश्चितकालीन बन्द गरेको हो । स्तरोन्नतीको माग गर्दै संघर्ष समितिले कटारी नगरपालिका वडा नम्बर ११ बेतिनी बजारमा सडक अबरोध गरेका हुन ।

कालोपत्रेको स्तरोन्नति गर्नुपर्ने माग गर्दै कटारी नगरपालिका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडावासी स्थानीयबासीले अनिश्चितकालीन सडक अवरुद्व पारेका हुन् । साता दिन अघि सडक स्तरोन्नती संघर्ष समितिले डिभिजन सडक कार्यालय लहान र भौतिक पुर्वाधार मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउँदै एक हप्ता भित्र माग पुरा गर्न चेतावनी दिएको थियो ।

जनताको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै संघर्ष समितिले सोमबारदेखि सडक अवरुद्व गरेको समितिका संयोजक तथा कटारी नगरपालिका–११ नं. का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले बताए । स्थानीयको अबरोधपछि सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा सीमास्थल घुर्मीसम्मको सडकमा यातायात ठप्प भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments