Incident Reports

पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी, भोलिको चुनाव रोकियो

2021-04-20

काठमाडौं : नयाँ नेतृत्व चयनका लागि भएको पत्रकारको चुनाव अन्तर्गत नुवाकोट शाखाको विवाद तालाबन्दीसम्म पुगेको छ। मंगलबार अध्यक्ष र दुई उपाध्यक्ष पदका उमेद्वारले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेका छन्।

तालाबन्दीसँगै बैशाख ८ गते हुने भनिएको चुनाव रोकिएको छ। गत चैत २५ गते भएको चुनाव धाँधलीपूर्ण भएको भन्दै विवादित बनेपछि केन्द्रीय निर्वाचन समितिले शाखाको चुनाव रद्द गरी फेरि निर्वाचन गर्न निर्देशन दिएको थियो। तर पुनः हुने निर्वाचन पूरानै निर्वाचन समितिलाई निरन्तरता दिइएको र पहिलेको जस्तै अपराधिक कृयाकलाप हुन लागेको भन्दै समितिका एक सदस्यले सोमबार राजीनामा दिएका थिए।

अध्यक्ष पदका प्रत्यासी नारायण नेपाल, उपाध्यक्ष पदका प्रत्यासी रुपा अर्याल र नमराज सुवेदीले निर्वाचन समितिका सदस्यले नै अपराधिक गतिविधि भएको भनिरहँदा छानबिनसमेत नगरी निर्वाचन कार्यक्रम अघि बढाउन लागिएको भन्दै तालाबन्दी गरेका हुन्।

चैत २५ गते देशैभर भएको चुनाव अन्तर्गत नुवाकोटको मतदानका क्रममा भने मतपत्रमै संकेत नम्बर राखेर निर्वाचन गराइएको पाइएको थियो। जिल्ला निर्वाचन समितिले संकेत राखिएका मतपत्र गनेर परिणाम घोषणा गरेपनि उजुरीका आधारमा केन्द्रीय निर्वाचन समितिले खारेज गरेको थियो1

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments