Incident Reports

बागलुङको बलेवा क्षेत्रमा १० दिन लकडाउन

2021-04-20

Gandaki, Baglung, Baglung

बागलुङ नगरपालिकाको एक विद्यालयमा एकै दिन ठूलो संख्यामा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा १० दिन लकडाउन घोषणा गरिएको छ ।विद्यार्थी, शिक्षक र आसपासका समुदायमा एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बसेको एलएमसिसीकोको बैठकले डिसिएमसीलाई लकडाउन गर्न सिफारिश गरेको थियो ।

सोही सिफारिशका आधारमा बागलुङ नगरपालिका १२, १३, १४ वडा क्षेत्रमा मंगलबार रातिदेखि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए ।१० दिन अवधिभर बलेवा क्षेत्रका विद्यालयमात्रै नभई बैंक तथा वित्तीयसंस्थासमेत बन्द हुनेछन् ।                           

Update

बागलुङमा १० दिन निषेधाज्ञा

बागलुङ — बागलुङमा मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको छ । कोरोनाका संक्रमित बढ्दै गएपछि बागलुङ उद्योग वाणिज्य संघ र स्थानीय पालिकाको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो ।

मंगलबार बिहान बागलुङ बजारका सडकमा अत्यावश्यक सेवाका सवारीसाधन मात्र गुडेका छन् । त्यस्तै बजारहरू पूर्ण रूपमा ठप्प छन् ।

मंगलबारदेखि वैशाख ३१ गतेसम्म दस दिनका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । निषेधाज्ञाको अवधिभर बैंक तथा वित्तीय संस्था दैनिक ११ देखि १ बजेसम्म मात्रै खोल्ने, अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने बताइएको छ । सोमबार बसेको बार बेन्च बैठकले फौजदारी घटनाको मुद्दा दर्ता गर्ने, बालबालिका तथा हिंसापीडितको मुद्दा भए दर्ता गर्ने निर्णय भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए ।

अत्यावश्यक काम पर्ने कार्यालयबाहेक अन्यमा सेवा बन्द गर्न प्रशासनले आग्रह गरेको छ । यहाँका सबै पालिकाले पनि आफ्नो क्षेत्रमा स्वतस्फूर्त लकडाउन गराएर कोरोना संक्रमणको चेन ब्रेक गर्ने सूचना जारी गरेका छन् । बागलुङमा पछिल्लो समय झन्डै २ सय सक्रिय संक्रमित पुगेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments