Incident Reports

सर्लाहीकाे हरिपूर्वामा विद्यार्थी र प्रहरीबीच झडप, नाै जना घाइते

2021-04-20

Madhes, Sarlahi, Haripurwa, Ward 5

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरी नौ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिका ५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थी र प्रहरीबीचको झडपमा मङ्गलवार सात विद्यार्थी र दुई प्रहरी घाइते भएका हुन् । 

घाइते हुने विद्यार्थीहरूमा सुजितकुमार यादव, ललित मण्डललगायत छन् भने प्रहरीतर्फ जवान विनयकुमार यादव र दिलीपनारायण यादव घाइते भएका छन् । घाइते विद्यार्थी र प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण गिरीले जानकारी दिनुभयो ।  

प्राविधिकतर्फका शिक्षक नियुक्ति गर्दा राजनीतिक दबाबको आधारमा नियुक्ति गरेको भन्दै नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएकाे हाे । प्रहरीले लाठीचार्ज गरेपछि दोहोरो झडप भएको स्थानीयवासीले बताएका छन् । आक्रोशित विद्यार्थीले नगरपालिकाको कार्यालय र हरिपूर्वा प्रहरी चौकीमा समेत तोडफोड गरेका छन् । उनीहरूले नगरपालिकाको कार्यालयमा रहेको दराज, टेबुल, सोफा, सीसीटीभी, ल्यापटप र कागजपत्रमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ । तोडफोडमा उत्रिएका ६ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विद्यालयले गएकाे हप्ता सीटीईभीटी अन्तर्गत सिभिल इन्जिनियरतर्फ अध्यापनका लागि दुई जना प्रविधिक शिक्षक र दुई जना सहायक प्रविधिक शिक्षक गरी चार जना प्रविधिक शिक्षक नियुक्त गरेपछि विवाद सुरु भएको थियो । प्रविधिक शिक्षक नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थीले एक हप्तादेखि विद्यालयमा तालाबन्दी जारी राखेका थिए । दुई वर्षदेखि अध्यापन गराउँदै आउनुभएका प्रविधिक शिक्षक पवन रायलाई नियुक्त नगरी अन्य शिक्षक नियुक्त गरिएको भन्दै विद्यार्थी आक्रोशित भएका हुन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Excessive Use of Force
Weapons Unclear
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 9
Female Injured n/a
Youth Injured n/a
Total damaged Buildings 2
Severely damaged Buildings n/a
National/Online Media

0 Comments