2021-04-18
उर्लाबारी ।
उर्लाबारी–मधुमल्ला सडक खण्ड संघर्ष समितिले नेपाल सरकारका सरोकारवाला निकायलाई सडक मर्मतको लागि अनुरोध गरेको छ । सरोकारवालको ध्यान नपुगेसम्म अनिश्चित अवधीको लागि उक्त सडक खण्ड अवरुद्ध गरेका छन ।
आईतबार उक्त सडक खण्डको उर्लाबारीको डिबी मार्ग स्थित सडकमै पत्रकार संम्मेलनको आयोजना गरी सडक कालोपत्र भएको एक बर्ष नपुग्दै बिग्रिएर संभावित दुर्घटना हुने देखि हिउदमा धुलाम्मे र बर्षाको समयमा पानी जमेर हिड्न कठिन भएकोले मर्मत संमार एवं निर्माणको लागि अन्तिम निर्णायक आन्दोलन गर्नुपरेको बताएका छन ।
संघर्ष समितिका संयोजक भक्तिप्रसाद पोख्रेलको अध्यक्षतामा भएको उक्त संम्मेलमा बितरण गरीएको प्रेस बिज्ञप्तीमा एक बर्ष अघि देखि सडकको मर्मत तथा स्तरोन्नतीको लागि पहल गर्दा सुनवाई नभएकोले २०७८ साल बैशाख ३ गते शुक्रबार देखि उक्त सडक खण्ड अवरुद्ध गरी सवारी साधन संचालनमा रोक गरीएको समितिका सचिव गजेन्द्र दंगालले बताएका छन ।
समितिले मुख्य मंन्त्रीको कार्यालय, डिभीजन सडक कार्यालय बिराटनगर,उर्लाबारी नगरपालिका, वडा नं. ५ र ६, मिक्लाजुङ पालिका, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय सहितलाई सडक अवरुबद्ध गरीएको समितिको तर्फबाट ढुुण्डुराज भट्टराईले बताएका छन ।
पत्रकार संम्मेलनमा उर्लाबारी नगरपालिकाका वडा नं.५ र ६ का वडाध्यक्षद्धय क्रमश : भानुभक्त शर्मा पराजुली र चिन्तामणी पौडे्ल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष उमाकान्त गौतम, नेपाली कांग्रेस र नेकपा एमालेका नेताद्धय ललित अधिकारी र मानबहादुर श्रेष्ठ सहितका वक्ताहरुले सडक निर्माणका नेपाल सरकारको ध्यान जान आवश्यक भएको बताउँदै संघर्षका समर्थन जनाएका छन ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Road block |
Primary Cause | Access/control of development infrastructure (roads, bridges) |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Protesters/demonstrators |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD