Incident Reports

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

2021-04-20

Karnali, Kalikot, Raskot, Ward 2

रास्कोट नगरपालिका–२ निवासी ३० वर्षीय पत्रकार विश्वानाथ सिम्खाडालाई खाँडाचक्र नपा–६ घरभई माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का कार्यकर्ता २५ वर्षीय मनसिंह शाही र महावै गाउँपालिका–४ का २४ वर्षीय हिक्मतजङ्ग सिंहले समाचारको विषयलाई लिएर मार्ने धम्की दिएको पीडितद्वयले आरोप लगाएका छन् ।

देव माध्यामिक विद्यालयमा अखिल (क्रान्तिकारी)को कार्यक्रममा बालबालिका प्रयोगको विषयमा ‘जीवन र जगत पढ्ने उमेरमा लाल सलाम’ शीर्षकमा वैशाख ७ गते अनलाइन न्युज खबरमा छापिएको समाचारलाई लिएर शाही र सिंहले सोही दिन ९८४८३४८६७० नम्बरको मोबाइलबाट मार्ने धम्की दिएको पीडित पत्रकार सिम्खाडाले बताउनु भएको छ ।

राजधानी दैनिक, अनलाइन न्युज खबर र शिक्षा पत्रकार समूहमा कार्यरत पत्रकार सिम्खाडालाई आरोपिहरूले समाचार छापिए लगत्तै वैशाख ७ गते दिउसो ४ बजे हात खुट्टा भाच्नुका साथै दैलखका पत्रकार डेकेन्द्र थापा जस्तै हालत वनाउने धम्की दिनु भएको हो ।

घटनाको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोट र कर्णाली प्रदेश समितिले प्रेस विज्ञप्ति प्रकाशन गरी निन्दा गरेको छ ।

महासङ्घ कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टाराई र जिल्ला शाखा कालिकोटका अध्यक्ष भरतराज विष्टद्वारा हस्ताक्षररित छुट्टाछुट्टा प्रेस विज्ञप्तिमा समाचारमा चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई मार्ने धम्की दिएको घटना निन्दनीय भएको जनाइएको छ ।

प्रेस चौतारी नेपाल कालिकोटले पनि विज्ञप्तिमार्फत निन्दा गरेको छ । प्रेस चौतरी नेपाल कालिकोट जिल्ला कार्यवहाक संयोजक रमेश सुनारद्वारा हस्तक्षरित विज्ञप्तिमा पत्रकार सिम्खाडालाई धम्की दिनेहरूलाई कानुनी कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments