Incident Reports

मकवानपुरका आइसोलेसनमा ताला, ११८ जना कोरोना संक्रमित घरमै बस्न बाध्य

2021-04-24

हेटौँडा : मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ। वाग्मती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा आइसोलेसन नहुँदा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन्।

मकवानपुरमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढ्दै गएतापनि हेटौँडा-६ स्थित गौरीटारमा रहेको खेलकुद प्रतिष्ठानको पुरुष होस्टलमा निर्माण भएको कोरोना आइसोलेसन भने अहिलेसम्म पनि सञ्चालनमा नआई बन्द अवस्थामा रहेको छ।

हेटौँडा-४ कर्रास्थित श्रमिक माविमा वाग्मती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाले संयुक्त रुपमा निर्माण गरेको १ सय २० बेडको आइसोलेसन संक्रमित कम हुँदै गर्दा पूर्णरुपमा बन्द भएको थियो।

दिन प्रतिदिन कारोना संक्रमित बढ्दै गर्दा गोरीटार आइसोलेसनमा समेत संक्रमितहरु नअटाउने अवस्था आएपछि प्रदेश सरकारको १ करोड लगानीमा अर्को नयाँ २ वटा भवनसमेत बनाएको थियो। उक्त भवन सञ्चालनमा आउन नपाउँदै आइसोलेसन वार्ड नै बन्द भएको थियो।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै मकवानपुरमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। कोरोना संक्रमणकै कारण मकवानपुरमा पछिल्लो एक सातामा २ जनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले शैक्षिक संस्था बन्द गर्ने, व्यवसाय निश्चित समयसम्म मात्र सञ्चालन गर्ने, सभा सम्मेलनमा रोक लगाउने, बनभोज जाने पार्क बन्द गर्नेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली समेत लागू गर्ने निर्णय गरेको छ।

तर, दैनिक रुपमा थपिएका संक्रमितहरु भने आइसोलेसन नहुँदा घरमै बस्न बाध्य भएका छन्। प्रदेशको राजधानी हेटौँडामा मानिसहरुको चाप त छ नै संक्रमणको अवस्था बढ्न सक्ने खतरा उत्तिकै छ।

मकवानपुरमा चैतदेखि बैशाख ११ गते सम्म आईपुग्दा सक्रिय कोरोना संक्रमित १ सय १८ जना रहेको छ। जसमा १ सय १८ जना भरतपुर अस्पतालमा छन् भने अन्य घरमै रहेको मकवानपुर जिल्ला कोभिड फोकल पर्सन भोला चौलागाईँले बताए।

चौलागाईँले गौरीटारमा रहेको आइसोलेसनको व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन ढिला भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले गौरीटारमा रहेको आइसोलेसन वार्ड १५ बेडको तत्काल सञ्चालनमा ल्याउने निर्णय भएको बताएका छन्। त्यस्तै, हेटौँडा अस्पतालमा संक्रमितका लागि १० बेड बराबरको वार्ड निर्माण भइसकेको हुँदा अब आउने बिरामीहरुका लागि सञ्चालन गरिने उनले जानकारी दिए।

यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने प्रतिबन्ध र कारबाहीलाई मात्र ध्यान दिएको देखिन्छ। कोभिडका बिरामीको उपचार र आइसोलेसनको व्यवस्थापनलाई चुस्त पार्न प्रशासनले समेत तदारुकता नदेखाउँदा संक्रमितहरु घरमै बस्न बाध्य छन्।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments