Incident Reports

गुण्डा लगाएर हातपात गरेको भन्दै बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा

2021-04-21

गुण्डा लगाएर कार्यवहाक सभापतिसहितलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्।बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादवसहितलाई हातपात र कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका छन्।

बुधबार क्षेत्रीय सभापति यादवले युवाहरू परिचालन गरी हातपात गरेको आरोप छ।कार्यवहाक सभापति मिश्रीलाल यादवसहित कार्यसमितिका ४४ जनाले बिहीबार केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा पठाएका हुन्।१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्नुपर्ने बेला हातपात गरेको भन्दै उनीहरूले पार्टीको काम गर्न नसक्ने हुँदा राजीनामा स्वीकृत गरिदिन भनेका छन्।

बर्दियामा ७५ मध्ये ५६ वडामा क्रियाशील नवीकरण गरिसकिएको छ। ६० वडामा लेबीसमेत उठिसकेको छ। यहाँ रू १० का दरले मासिक लेबी उठाइएको छ। बर्दियामा लेबी उठाउने विषयमै विवाद भइरहेको थियो।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्दियाबाट आएको निवेदनबारे आइतबार छलफल हुने बताए।



 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 44
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments