Incident Reports

बाँकेमा आज मध्यरातिदेखि निषेधाज्ञा

2021-04-26

कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।


Update

बाँकेमा थप एक साता निषेधाज्ञा

नेपालगन्ज — बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै प्रशासनले सोमबार रातिसम्म जारी रहेको निषेधाज्ञा थप एक साता लम्ब्याएको हो । 

जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिनप्रतिदिन संक्रमितहरूको संख्या बढिरहेको अवस्थालाई विश्लेषण गर्दै वैशाख २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यसअघिकै निर्णयअनुसार अहिले अब अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न पाइने र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments