Incident Reports

अज्ञात पक्षबाट विद्यालयमा आगजनी

2021-04-24

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्मा चोकस्थित जनकपुर पब्लिक स्कुलमा वैशाख ११ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट करिब २० लाख रुपियाँ बराबरको विद्यालयको सम्पत्ति नष्ट भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रशासनिक तथा आर्थिक कागजात, ल्यापटप, कम्प्युटर, स्कुल ड्रेस, टाइ, बेल्ट, सिसि क्यामेरा सिस्टम, फर्निचर तथा दराजलगायत भौतिक सामग्री जलेर नष्ट भएको विद्यालयका प्रिन्सिपल इञ्जिनियर बसन्तराज साहले बताउनु भयो ।

वैशाख ११ गते राति नै जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।विद्यालयको प्रशासन र लेखा शाखामा आगजनी गरिएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।विद्यालयका प्रिन्सिपल बसन्तराज साहले विद्यालयमा आगजनी गर्नेलाई पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख १२ गते उजुरी दर्ता गराउनु भएको इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments