Incident Reports

नवलपरासी : युवाको शङ्कास्पद रुपमा ज्यान गएकाे भन्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

2021-04-26

नवलपरासी - एक युवाको शङ्कास्पद तरिकाले ज्यान गएको भन्दै स्थानीयले नवलपरासीको इलाका प्रहरी कार्यालय घेरेका छन् ।सयौँको सङ्ख्यामा बेलाटारी पुगेका स्थानीयवासीले आत्महत्या नभएर युवकको हत्या गरिएको भन्दै न्यायिक छानविन हुनुपर्ने माग गरेका छन्  ।

अस्ति आइतवारदेखि हराइरहेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ धर्माैलीका २३ वर्षका कौलेश कहांर हिजो खेतमा मृत अवस्थामा भेटिएका थिए ।शव हेर्दा युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले बताउनुभयो । प्रहरीले आत्महत्या भनेपछि आक्रोशित बनेका स्थानीयवासी त्रिवेणी बर्दघाट सडकको प्रतापपुर पुलमा शव राखेर प्रदर्शन गरिरहेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments