Incident Reports

कञ्चनपुरमा पनि निषेधाज्ञा जारी

2021-05-05

धनगढीः कैलालीपछि कञ्चनपुरमा पनि बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ।जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो।प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिने बताए। उनले उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जनाएका छन्।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने उनले बताए। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्। खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने छ।  

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी मात्रै भेला हुन पाउने छन्।यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुवैै जिल्लामा नाइट लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए।

Update

कञ्चनपुरमा वैशाख ३१ गतेसम्म थपियो निषेधाज्ञा

कञ्चनपुर — कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि कञ्चनपुरमा लागू गरिएको निषेधाज्ञाको समयावधि वैशाख ३१ गतेसम्म पुर्‍याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले निषेधाज्ञाको समयावधि बढाउनुका साथै थप कडाइ गर्ने निर्णय समेत गरेको हो ।

निषेधाज्ञा अवधिमा तरकारी तथा फलफूल पसल समेत हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ देखि ९ बजेसम्म तीन घण्टा मात्रै सञ्चालन गर्न पाइनेछ । यसबाहेक बैंक तथा वित्तिय संस्थाहरु पनि बन्द रहनेछन् ।

लकडाउन अवधिमा अत्यावश्यक बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द रहनेछन् । व्यवस्थापन केन्द्रले पहिलो चरणमा वैशाख १६ देखि २२ सम्म निषेधाज्ञा जारी गरेको थियो ।

update

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।

सोमबार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा बसेको बैठकले औषधि उपचारबाहेक अन्य कार्यका लागि घरबाट बाहिर जान निषेध गरेको छ । स्वास्थ्य सेवा, दुग्ध डेरी, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको छ । तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाइने निर्देशन जारी गरिएको छ ।

मालबाहक ढुवानीका साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिने छ । विवाह तथा व्रतबन्धको लागि अनुमति तथा पास जारी गर्ने कार्य सम्बन्धित ‘क’ वर्गको इलाका प्रहरी कार्यालयले बढीमा १५ जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी अनुमति दिन सक्नेछ । अत्यावश्यक अवस्थामा नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सकिने व्यवस्था गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments