Incident Reports

कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै दूतावास अगाडि ग्रेटर नेपालको प्रदर्शन

2021-04-28

काठमाडाैं : कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज दिउँसो ३ बजे भारतीय राजदूतावास लैनचौरको खानीविभाग छेउमा प्रदर्शन गरेको छ।मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक सानो समूहले ब्यानरसहित विरोध गरेको हो।

'भारतीय सेना कालापानी छोड्' लेखिएको ब्यानरमा गएको मोर्चाका कार्यकर्ताले 'भारतीय विस्तारवाद मुर्दाबाद' , 'भारतीय सेना कालापानी छोड्' र 'भारतीय विस्तारवाद मुर्दाबाद' जस्ता नारा लगाएका थिए। उनीहरूले करिब आधा घण्टा प्रदर्शन गरेका थिए।

विरोध प्रदर्शनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मोर्चाका अध्यक्ष नेपालले इन्डियाले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि छाड्ने मानसिकता नदेखाएको र नेपाल सरकारले कालापानीबाट भारतीय सेना हटाउन ठोस पहल नगरेकाले दुवै सरकारलाई त्यहाँबाट सेना हटाउन दबाब दिने उद्देश्यले प्रदर्शन गरेको बताए।

चुच्चे नक्सा निकाल्नु उपलब्धि भए पनि कालापानीबाट सेना हटाए मात्र त्यसको सार्थकता हुने अध्यक्ष नेपालले बताए। २०७२ मा संविधान जारी हुँदाको बखत दलहरू बीच एकता भएजस्तै सधैंभरि त्यस्तो एकता कायम रहे मात्रै भारतीय सेना कालापानीबाट हटाउन सकिने उनको भनाइ थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments