2021-05-01
जाजरकाेटमा आउँदो वैशाख १८ गते शनिवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ । कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि जाजरकाेटमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे हाे ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सर्वपक्षीय बैठक र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निष्कर्ष निकालेकाे हाे ।
बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिमा तरकारी र खाद्यान्न पसल भने बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ । साथै एटीएम सेवा, औषधि पसल, एम्बुलेन्स लगायतका सेवा भने राेकिने छैनन् । यस अवधिमा केही पालिकाले तोकेका विद्यालयका परीक्षासमेत स्थागित हुने भएकाे छ । भेरी र बारेकोटबाहेक अन्य पालिकाले विद्यालय अहिलेसम्म बन्द गरेका छैनन् ।
जाजरकोटमा अहिलेसम्म परीक्षण गरिएकामध्ये ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
Violent / Non-violent | Nonviolent |
Event Duration | More than 7 days |
Primary Form | Curfew/prohibitory order issues by the state |
Primary Cause | Other governance issues |
Secondary Cause | Lockdown Enforcement |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD