Incident Reports

काभ्रेमा शनिबार निषेधाज्ञा जारी गर्दै, आइतबारबाट लागू हुने

2021-05-02

मोतीराम तिमल्सिना, काभ्रे ।

दैनिक संक्रमित बढेर ३ सय भन्दा माथि पुगिसक्दा समेत जिल्ला संकट ब्यवस्थापन केन्द्रले शनिबार निषेधाज्ञा जारी गर्ने भएको छ । आईतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेलले जानकारी दिनु भयो ।

स्वास्थ्य मन्त्रालयले काभ्रेपलाञ्चोक लगायतका २२ वटा जिल्लालाई अति संवेदनशिल घोषणा गरिसकेको छ । शुक्रबार मात्रै जिल्लमा ६९ जना संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या ३ सय ११ पुगेको छ । बुधबार राति संक्रमणका कारण दुई जनाको निधन भएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लालाई तत्काल निषेधाज्ञा गर्नु पर्ने बताउनु भयो । ‘संक्रमितको संख्या ३ सय ११ पुगिसकेको, स्वास्थ्य मन्त्रालयले अति संवेदनशिल जिल्ला घोषणा गरेको, संक्रमितहरुको अक्सिजनको लेभल घट्दै गएको र उपचारका लागि कठिन परिस्थिती सिर्जना भईसकेको छ’–डा.झाले भन्नुभयो–‘संक्रमण रोक्न तत्काल निषेधाज्ञा लगायत अन्य सुरक्षाका उपाय अपनाउँदै संक्रमण फैलन दिनु हुँदैन ।’

‘जिल्लाको अवस्था हेरेर निषेधाज्ञाको निर्णय गर्नेछौं’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘त्यसकै तयारीका लागि शुक्रबार जिल्लाका स्थानीय सरकारका प्रमुखहरु लगायत सरोकारवाला निकायको बैठक आयोजना गरिएको हो । अन्य तयारी गरिरहेकाले नागरिकहरुको भिडभाड रोक्न आईतबार देखि केहि क्षेत्रलाई निषेधाज्ञा लगाउन सकिन्छ ।’ निषेधाज्ञा सम्वन्धी निर्णय गर्ने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिएको छ । उपत्यकासँग जोडिएको र दुईवटा प्रमुख राजमार्ग भएको काभ्रेपलाञ्चोक जिल्ला अति संवेदनशिल जिल्लाका रुपमा लिईएको छ ।

स्थानीय प्रशासनले जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्र्तगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गर्ने तयारी गरेको छ । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र भित्र निषेधाज्ञा हुनेछ । पनौती, बनेपा र धुलिखेलका केहि क्षेत्र संक्रमणको मुख्य केन्द्र बनिरहेको छ ।

राजमार्ग संचालनमा आईरहँदा आवतजावत धेरै हुने र संक्रमण फैलने भएकाले निषेधाज्ञा गर्ने तयारी गरिएको हो । शुक्रबार आयोजना गरिएको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा सहभागि अधिकांश स्थानीय सरकार प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुले संवेदनशिल हुन अनुरोध गरेको थियो ।

संक्रमण फैलिरहँदा विवाह र भोज रोकिएका छैनन । खचाखच भिडभाडले संक्रमण बढिरहेको छ । विहिबार दिउसो पनौती नगरपालिकाले १० जनाको स्वाव नमुनाका रुपमा परिक्षण गर्दा ९ जना संक्रमित फेला परेका थिए । बनेपामा सबै भन्दा धेरै २७, पनौतीमा १७ र धुलिखेलमा वडा सचिव, वडा सदस्य सहित १४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिनेमा चिकित्सकहरु पनि छन् । जसले दुबै डोज खोप लगाएका छन् । जिल्लामा १० जना डाक्टर, केहि नर्स तथा अस्पतालमा कार्यरत अन्य तहका कर्मचारीहरु पनि संक्रमित भएका छन् ।


विपद ब्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मनसुन पुर्व तयारीका बारेमा जानकारी गराउनु भएको थियो । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, रोशी गाउँपालिका प्रमुख डिबी लामा, बेथान्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा लगायतले विपद र संक्रमण रोक्न स्थानीय सरकार र प्रशासन बीच समन्वय आवश्यक रहेको बताउनु भयो ।

सोहि बैठकमा प्रमुख प्रशासकिय अधिकृतहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments