Incident Reports

आइतबार मध्यरातबाट मकवानपुरमा निषेधाज्ञा

2021-05-02

मकवानपुर —

मकवानपुरमा कोरोना संक्रमित दैनिकरुपमा बढ्न थालेसँगै स्थानीय प्रशासनले आइतबार मध्यरातबाट निषेधाज्ञा जारी गरेको छ ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लाका चारवटा स्थानीय तह र राष्ट्रिय राजमार्गमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सक्रिय कोरोना संक्रमितको संख्या र जोखिमको आधारमा हेटौंडा उपमहानगर, मनहरी, थाहानगर र भीमफेदी गाउँपालिका तथा राष्ट्रिय राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

‘संघीय राजधानी काठमाडौंसँग जोडिएका कारण राष्ट्रिय राजमार्गको निश्चित क्षेत्रमा निषेधाज्ञा गरिएको हो,’ उनले भने । अन्य स्थानीय तहको संक्रमित अवस्था र जोखिमको आधारमा निर्णय गरिने बताए । मकवानपुरका पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, धरान–चतरा, कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी, भीमफेदी–कुलेखानी–फाखेल सडक संघीय राजधानी काठमाडौंसँग जोडिएका छन् । ‘पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न पाउँछ । हामीले जिल्लाको संक्रमितको बढ्दो अवस्था र स्वास्थ्यकर्मीहरुको सुझावको आधारमा यस्तो निर्णयमा पुगेका हौं ।’, उनले भने । 

जिल्ला स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्ममा मकवानपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँचसय २४ जना पुगेको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments