Incident Reports

धनुषामा मंगलबारदेखि निषेधाज्ञा

2021-05-04

जिल्ला प्रशासन कार्यालय, धनुषामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सेतोपाटीलाई जानकारी दिए।धनुषामा कोरोना संक्रमण तिव ग्रतिमा फैलिन थालेपछि मंंगलबारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

बाँस्तोलाका अनुसार वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको हो।यस अवधिमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइने प्रजिअ बाँस्तोलाले बताए। त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने प्रजिअ बाँस्तोलाले बताए। 

बजार व्यवसाय सञ्चालनमा निश्चित समय तोकिए पनि औषधि पसलहरू नियमित सञ्चालन गर्न पाउने उनले बताए ।यता सरकारी कार्यालयमा अतिरिक्त सेवाग्राहीको काम नहुने निर्णय सो बैठकबाट गरिएको छ। बैठकले सरकारी कार्यालयहरुमा एक चौथाई कर्मचारी मात्रै राख्न भनेको छ।सञ्चारकर्मीहरुले भने आफ्नो संस्थाको आइडी कार्ड लिएर आवतजावत गर्न पाउनेछन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments