Incident Reports

दैलेखमा पनि मंगलबार रातिदेखि एक साता निषेधाज्ञा

2021-05-04

दैलेख : कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्लामा कोरोनाका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले वैशाख २१ गते (मंगलबार) राति १२ बने देखि वैशाख २८ गते (मंगलबार) सम्म दैलेखमा निषेधाज्ञा जारी गरिने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

यहाँ पछिल्ला दिनमा भारतबाट आउनेको सङ्ख्या बढ्दै गएको छ। नागरिक स्तरमा पनि स्वास्थ्य मापदण्डको पालनामा कमी देखिएकाले कोरोना महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।

यस्तै, दैलेखमा आइतबारसम्म १ सय ३३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। हालसम्म जिल्लामा कोरोनाका सङ्क्रमणका कारण ७ जनाले ज्यान गुमाइसकेका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments