Incident Reports

कोरोनाको कारण नुवाकोटमा निषेधाज्ञा

2021-05-04

 कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले जिल्ला कोबिड-१९ संकट व्यवस्थापन केन्द्र, नुवाकोटले बैशाख २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ  ।कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

नुवाकोटमा २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म र धनुषामा २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका छन् । यसैगरी दैलेखमा पनि मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुने छ ।

बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments