Incident Reports

डोल्पामा भोलिदेखि निषेधाज्ञा

2021-05-04

काठमाडौं : कोरोना महामारी तीव्र रुपमा फैलिन थालेपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुनेक्रम पनि बढेको छ। सोमबार सम्म देशका ४० भन्दा बढी जिल्लामा निषेधाज्ञाको निर्णय भइसकेका छन्।

डोल्पा समाचारदाता रामचन्द्र न्यौपानेका अनुसार डोल्पा प्रशासनले भोलि (मंगलबार) देखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। जिल्लामा कोभिड–१९ का संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि भोलि राति १२ बजेदेखि १० दिनका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालले जानकारी दिए।

बैठकले निषेधाज्ञा अवधिभर दुनै, त्रिपुराकोट, जुफाल लगायतका बजारहरु बिहान ९ बजेदेखि दिउसो १२ बजेसम्म मात्र खोल्न पाइने, शैक्षिक संस्था ट्युसन सेन्टरहरु पुर्णरुपमा बन्द गर्ने, अत्यावश्यक सामग्री तथा विरामी ओसारपसारकालागि बाहेक सम्पूर्ण निजी तथा सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले होटेल, रेष्टुरेन्ट, शैलुन, पुल हावस सबै बन्द गर्ने तथा औषधि पसलहरु २४ घण्टा खुला राख्ने समेत निर्णय गरेको छ। यस्तै बैठकले स्थानीय तह मध्ये नगरपालिकाले २० बेडको र गाउँपालिकाले १० बेडको आइसोलेसन भवन तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ।

यसैगरी म्याग्दी समाचारदाता ध्रुवसागर शर्माका अनुसार म्याग्दीमा बैशाख २२ गतेदेखि लागू हुनेगरी १० दिनका लागि निषेधाज्ञा गर्न सिफारिस गएिको छ।सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गतेदेखि निषेधाज्ञा गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको हो। म्याग्दीमा हाल ७० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments