Incident Reports

बेनी नगरपालिकामा भोलिदेखि निषेधाज्ञा

2021-05-05

Gandaki, Myagdi, Beni

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले बेनी नगरपालिकालमा वैशाख २२ गतेदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिका भित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिका भित्र अत्यावश्यक वसेका बाहेकका सेवाहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

 ‘जिल्लाका अन्य स्थानीय तहमा यो निर्णय लागु हुदैन्,‘पहिलो चरणमा पूर्णरुपमा लकडाउन नगरी निषेधाज्ञा मात्रै गरेका छौ’ प्रजिअ अधिकारीले भने । जिल्लाभित्र निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरिएकाले बेनी नगर बाहिर मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र विद्यालय बाहेक सबै सेवाहरू सुचारु अवस्थामै रहने छ।

म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि २३ जना उपचारपछि घर फर्किएका छन भने ७३ जना सक्रिय संक्रमति रहेकोमा करिब आधा बेनीनगरपालिका भित्रका छन् । जिल्लाका अन्य पाँच स्थानीय तह ठेगाना भएका संक्रमतिहरु समेत बेनीबजारभित्रै होम आइसोलेसनमा रहेकाले संक्रमणको गतिलाई ’चेनब्रेक’ गर्न नगरपालिकाले सोमबार सर्वदलिय बैठकमार्फत १० दिन पूर्णरुपमा लकडाउन गर्न सिफारिस गरेको भएपनि डिसिसिएमसिले अत्यावसेक सेवाहरु सञ्चालन गर्ने गरी निर्णय गरेको छ ।

सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दल, सरोकारवाला निकायहरुको उपस्थितीमा १० दिने निषेधाज्ञाको अवस्था हेरेर अर्को निर्णय गरिने डिसिसिएमसिले जनाएको छ ।यसैबीच सदरमुकाम बेनी रहेको वडा बाहेक ८ वटै वडामा निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि अनुरोध समेत गरिएको छ ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments