Incident Reports

जुम्लामा वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा

2021-05-05

कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा निषेधाज्ञ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञ जारी गर्ने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनुसार विहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक बस्तु किनबेचका लागि खुला हुने भएपनि अरु समयमा ठप्प हुने बताए। उनले भने,‘यो समय निकै जोखिमयुक्त समय भएकोले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न जरुरी छ। आफू बचौँ, अरुलाई पनि बचाऔँ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका क्रियाकलाप अपनाउन आग्रह गरिएको छ।’

यसअघि कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने,पन्ध्र जनादेखि बढी भिडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिड सम्बन्धी रणनीति बनाउने निर्णय गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी चोलागाइँले कोरोना संक्रमण फैलन नदिनको लागि सबै सचेत हुनु पर्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments