Incident Reports

डोटीमा दश दिनका लागि निषेधाज्ञा लागू

2021-05-04

डोटी जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि मंगलबार राती १२ बजेबाट लागु हुने गरी दश दिन निषेधाज्ञा जारी गरिएको छ ।कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । पछिल्लो समयमा नयाँ भेरियन्स सहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङक्रमित बढ्दै जान थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण दुइ जनाको ज्यान गइसकेको छ ।अहिले सम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएका् छ ।

जिल्लामा यहाँका सदरमुकाम भन्दा पनि ग्रामिण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधै गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङक्रमणको त्रास फैलिएको स्थानीयवासीहरु बताउछन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments