Incident Reports

यात्रुसँग तीन गुणा बढी भाडा लिने टिकट काउन्टरका कर्मचारी पक्राउ

2021-05-07

वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेकासँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिनेलाई शुक्रबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू टिकट काउन्टरका कर्मचारीहरू हुन्।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई महाशाखाले पक्राउ गरेको हो।उनीहरूलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए।अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। त्यसक्रममा वैदेशिक रोजगारीबाट फर्किएका तथा अत्यावश्यक परी घर फर्किने यात्रुहरूसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाएको हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments