Incident Reports

No translation available.

2014-07-09

Province 1, Sankhuwasabha, Panchakhapan

Chhetu Sherpa सङ्खुवासभा । ०७१ असार २५ गते जलजला गाविस-२ निवासी द्वन्द्वपीडित पेमदिकी शेर्पालाई गाउँलेले बोक्सी भन्दै सामाजिक बहिस्कार गर्दै आएका छन् । शेर्पाको घरमा गएर खानेकुरा खाँदा पेट बिग्रिने गरेको र पछिल्लो समयमा मृत्युसमेत हुने गरेको भन्दै उनलाई बोक्सीको आरोपमा गाउँमा बहिष्कार गरिएको छ । निरक्षर र आर्थिक रुपमा बिपन्न उनको परिवारलाई गाउँलेले केही वर्षअघिदेखिनै उनको घरमा नजाने र सामाजिक कार्यमा नबोलाएर बहिष्कार गर्दै आएका थिए । बोक्सीको आरोप लगाएर लामा, धामी र निरक्षर गाउँलेले उनलाई एकल बनाएको जलजला गाविस-२ का अग्रग पासाङ शेर्पाले बताए । अहिले विवाह, भोज, पार्टी गाउँमा हुने सार्वजनिक कार्यमा पेमादिकीलाई प्रवेश नदिने र जानकारीसमेत नदिने गरेको शेर्पाले बताए । उनी हाल कान्छा छोरा साङ्गे शेर्पा र कान्छी छोरी दादिकी शेर्पासँग बसेकी छन् । "मैले केही पनि गरेको हैन, गरेको पनि छैन तर गाउँलेले मलाई सार्वजनिक ठाउँमा बोक्सी भन्दै कार्यक्रमहरूमा आउन दिएको छैन" उनले भनिन् । निरक्षर परिवारले सम्बन्धित निकायमा हालसम्म उजुरी दिएका छैनन् । द्वन्द्वताका ०५९ मा माओवादीले उनका पतिको हत्या गरेको थियो । तीन छोरा र तीन छोरीको आमा रहेकी उनी गाउँलेले बोक्सीको आरोप लगाएकोमा अब न्यायको लागि कानुनी रुपमा लाग्ने उनले बताइन् । छेटु शेर्पा

0 Comments

Related Reports