Incident Reports

सिँचाइको मुहान खानेपानीका लागि लाग्ने भएपछि किसान आन्दोलित

2021-05-09

Province 1, Dhankuta, Pakhribas

२५ बैशाख २०७८, शनिबार

धनकुटा । पाख्रिबास नगरपालिका वडा नं. १० की कृष्णमाया राईलाई निकै चिन्ताले सताएको छ । उनलाई चिन्ताले सताउनुको मुख्य कारण पाख्रिबास नगरपालिका वडा नं. ८ र १० को सिमाना रहेको भुल्के मुहानको पानी पाख्रिबास नगरपालिकाले पम्पिङ गरेर लान टेण्डर गरेर हो ।

कृष्णकुमारी राई त एक उदाहरण मात्रै हुन पाख्रिबास नगरपालिका वडा नं. ८, १० र सहिदभुमि गाउँपालिका ५ का ३६५ किसानको अवस्था उस्तै छ । पाख्रिबास नगरपालिकाले भुल्के मुहानको पानी लगेपछि पाख्रिबास नगरपालिकाका सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभुमीको खोकुटारको करीब २ हजार ५०० रोपनी खेतीमा हुने दुई बालि धान, एक बाली गहुँ उत्पादन नभइ आफूहरु भोकमारीमा पर्ने र खेती मरुभूमिमा परिणत हुने राईले बताइन् ।

पाख्रिबास नगरपालिकाले खानेपानीको लागि भुल्केको पानी लाने योजना बनाएपछि यतिबेला सो ठाउँका कृषक आन्दोलित भएका छन् । कृषकले पिउन तथा सिँचाइका लागि प्रयोग गर्दै आइरहेको भुल्के मुहानको पानी समन्वय नगरि पाख्रिबास नगरपालिकाले बृहत खानेपानी योजनाका लागि ठेक्का लगाएको भन्दै भूल्केबासी आन्दोलित भएका हुन् । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

National/Online Media

0 Comments