Incident Reports

सर्लाहीमा शनिबार मध्यरातीदेखि निषेधाज्ञा

2021-05-08

जनार्जन खत्री

सर्लाही, वैशाख २४ गते । सर्लाहीमा शनिबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सदरमुकाम मलङ्गवामा शुक्रबार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शनिबार राती १२ बजेदेखि आगामी वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।

निषेधाज्ञाको अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द हुने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिईने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । बैङ्क तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ ।

विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने निर्णय गरिएको छ । समितिले औषधोपचार एवं अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

यो आदेशको अवज्ञा भएमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारवाही गर्ने सीडीओ तामाङले बताउनुभयो । छिमेकी जिल्ला महोत्तरी र रौतहटमा समेत निषेधाज्ञा घोषणा भएपछि सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको हो ।

सर्लाहीमा शुक्रबार बिहानसम्म कोरोना सङ्क्रमितको सङख्या २४३ पुगेको स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये ४ जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख नायकले विभिन्न कार्यालयका कर्मचारी, प्रहरीको हिरासतमा रहेका थुनुवा र लक्षण देखिएर जिल्ला अस्पतालमा पुगी थ्रोट स्वाब दिएकाहरुमा सङ्क्रमण देखिएको हो । अहिले प्रत्येकजसो टोल बस्तीमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका सयौँ मानिस बिरामी परेपनि थोरैले मात्रै पीसीआर गराएका छन् ।

जिल्ला अस्पताल मलङ्गवामा एक सातादेखि निःशुल्क रुपमा पीसीआर गराउने काम भइरहेको भएपनि लक्षण देखिएका व्यक्तिहरुले परीक्षणमा बेवास्ता गरेका स्वास्थ्य कार्यालय प्रमुख नायकले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments