Incident Reports

कोरोना संक्रमित बढेपछि मरिण गाउँपालिकामा शनिबारबाट निषेधाज्ञा

2021-05-09

Bagmati, Sindhuli, Marin

बुद्ध नेपाली, सिन्धुली । 

सिन्धुलीको मरिण गाउँपालिकामा एक हप्ता निषेधाज्ञा लगाईने भएको छ । दोस्रो लहरको कोरोना भाईरस(कोभिड १९) संक्रमणका सक्रमित बढ्न थालेपछि गाउँपालिकामा शनिवार विहान बसेको सर्वपक्षिय बैठकले शनिवार राती १२ बजे देखि जेठ १ गते राती १२ बजे सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले गाउपालिका क्षेत्र भित्रका सबै नाका सिल गर्ने, अत्यावश्यक सेवा बाहेकका होटल, पसल, हाटबजार, लगाएतका सबै व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । खाद्यान्न, पशुपन्छीको आहारा, इन्धन, दुध तथा डेरी, ग्यास र तरकारी पसल विहान ६ बजे देखि विहान १० बजे सम्म मात्र खुल्ला गर्ने निर्णय भएको गाउपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।‘पालिका क्षेत्रभित्रका अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालय र बैंक तथा बित्तिय संस्थाको सेवा बन्द गर्ने, मदन भण्डारी राजमार्ग तथा अन्य ग्रामीण सडकहरुमा विना पास संचालन भएका सबै सवारी संचालनमा रोक लगाउने निर्णय भएको छ’अध्यक्ष बम्जनले भन्नुभयो । विवाह व्रतबन्ध तथा अन्तिम संस्कार जस्ता सामाजिक कार्यमा १५ जना भन्दा बढी सहभागी हुन नपाउने र सबै किसिमका खेलकुद गतिविधि पनि बन्द हुने अध्यक्ष बम्जनले बताउनुभयो ।

अध्यक्ष बम्जनका अनुसार अत्यावश्यक सेवाका कर्मचारीहरु परिचयपत्र देखाएर आवतजावत गर्न पाउने, विना काम हिडडुल गर्नेहरुलाई रोक लगाउने, कपिलाकोट प्राथमिक स्वास्थ्य केन्दको एम्बुलेन्सलाई कोभिड डेडिकेटेड एम्बुलेन्स बनाउने निर्णय भएको छ । बैठकले कपिालकोट माविको होस्टेलमा ५ बेडको आईसोलेसन वार्ड स्थापना गर्ने र सोही विद्यालयको अर्को भवनमा क्वारेन्टाईन बनाउने निर्णय गरेको छ । कोभिडबाट मृत्यु भएकाहरको शव व्यवस्थापनको लागि शव व्यवस्थापन स्थल पहिचान गरी सिफारिस गर्ने, स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीहरुलाई विशेष परिस्थिती बाहेक विदा नदिने र सबै स्वास्थ्य संस्थामा आवश्यक औषधी तथा सरसफाईका सामाग्रीको व्यवस्था गर्ने निर्णय गरेको अध्यक्ष बम्जनको भनाई छ ।

मथौली स्वास्थ्य चौकीमा कार्यरत केही स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण पुष्टी भएकाले त्यहाँ संचालन हुदै आएको बर्थिङ सेन्टर हाललाई बन्द गरी अन्य दैनिक स्वास्थ्य सेवा सोही चौकीमा कार्यरत स्वास्थ्य कर्मीले सेवा प्रवाह गर्ने निर्णय भएको छ । दोस्रो लहरको कोरोना भाईरस संक्रमणबाट मरिण गाउपालिका मात्रै ३१ जना संक्रमित भएका छन् । त्यस मध्ये १ जना निको भईसकेका छन् भने हाल ३० जना सक्रिय संक्रमित रहेका मरिण गाउपालिका स्वास्थ्य शाखा संयोजक मधु लाखेले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments