Incident Reports

ओखलढुंगामा आइतबार मध्यरातदेखि निषेधाज्ञा

2021-05-09

ओखलढुंगा : ओखलढुंगामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोरोना संक्रमण बढेसँगै शनिबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको डिसिसिएमको निर्णयपश्चात् आइतबार राति १२ बजेदेखि जेठ ९ गतेसम्म जिल्लाभर लागू हुने प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ।

डिसिसिएमको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जारी आदेशमा उल्लेख छ। आदेशअनुसार निषेधाज्ञा अवधिभर जिल्ला भित्रिने तथा जिल्लाबाट बाहिर जाने एवं जिल्ला भित्र सञ्चालन हुने सबै सवारी साधनहरू, भेला, तालिम, गोष्ठी, पूजापाठ, जात्रा, महोत्सव, खेलकुदलगायतका कार्यहरू गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। त्यस्तै सबै प्रकारका होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, हार्डवेयर तथा व्यबसायहरु सञ्चालन गर्न निषेध गरिएको छ।

जिल्लाभित्रै एकठाँउबाट अर्को ठाउँमा आवतजावत गर्न पनि सम्बन्धित वडाको सिफारिस नै आवश्यक पर्नेछ। एक ठाँउवाट अर्कोठाँउमा आएर बस्ने हो भने बस्ने स्थानका वडामा पूर्णरुपमा १४ दिनसम्मक होम क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थाको ग्यारेन्टी नभएसम्म सम्बन्धित वडाले समेत यात्राका लागि सिफारिस गर्न पाउने छैनन्। त्यस्तै, विवाह तथा मृत्यु संस्कारका कार्यमा समेत १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments