Incident Reports

अक्सिजन सिलिन्डर लुकाउने र अक्सिमिटरको कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

2021-05-10

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम : जनकपुरबाट अक्सिमिटरमा कालोबजारी गरेको अक्सिजन सिलिन्डर लुकाएको आरोपमा दुईजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा बिनिता सर्जिकल स्टोरका संचालक भुप नारायण साह र अक्सिजन सिलिन्डर लुकाएर राखेको आरोपमा कबाडी सेन्टरका संचालक भोला साहलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मर्केन्द्र मिश्रले सर्जिकल स्टोरका संचालक साहलाई स्टोरबाट पक्राउ गरिएको जानकारी दिए। साहले एक हजार दुईसय रुपैयाँमा पाइने अक्सिमिटर तीनहजार भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको डिएसपी मिश्रले जनाए।साहको पसलबाट प्रहरीले २८ थान अक्सिमिटर बरामद गरेको छ। यस्तै प्रहरीले साहको कवाड सेन्टरबाट १२ थान अक्सिजन सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ।

डिएसपी मिश्रका अनुसार बरामद गरिएको अक्सिजन सिलिन्डर मध्ये ९ वटा पुरै भरिएको र तीन वटा खाली छन्। कोरोना महामारीको समयमा अक्सिजनको हाहाकरको फाइद उठाई कालोबजारी गर्ने उद्देश्यले कवाडमा लुकाई राखेको अवस्थामा प्रहरीले उक्त अक्सिजन सिलिन्डर बरामद गरेको जनाएको छ।पक्राउ परेका दुवै व्यापारीहरुलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने डिएसपी मिश्रले जनाए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments