Incident Reports

अक्सिमिटर कालोबजारी गरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ

2021-05-11

 शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् ।

बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया लाई महाशाखाले पक्राउ गरेको छ ।

बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । कोभिड–१९ को दोस्रो संक्रमण अत्यधिक बढेको अवस्थामा अक्सिमिटरको माग बढेको छ । महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधीको रोहवरमा अक्सिमिटर बरामद गरेको छ ।

अपराध महाशाखाका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले कुलेश्वर, थापाथली र ग्वार्को लगायतका ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने एसएसपी खापुङले बताए ।

आहा इन्डष्ट्रिज प्रा.लिमा काम गर्ने मोरङ घर भएका ४४ वर्षीय विशाल आचार्यले चिनबाट मास्कको तुनामा लुकाएर सो अक्सिमिटर काठमाडौं ल्याएको प्रहरीलाई बताएका छन् ।

न्युरोडको डिएण्डडि इन्टरप्राइजेज मार्फत चिनबाट मास्कको तुना ल्याउँदा तुनाको बक्सभित्र लुकाएर अक्सिमिटर ल्याएको उनले प्रहरीलाई बताएका छन् । कमसल गुणस्तरको सो अक्सिमिटरको बजार मुल्य करिब ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments