Incident Reports

धरानमा संक्रमितको शव अत्येष्टीमा स्थानीयको अवरोध

2021-05-11

Province 1, Sunsari, Dharan

दाहसँस्कारस्थल आसपासका स्थानीय बासिन्दाले विरोध गरेपछि धरानमा कोरोना संक्रमितको शवलाई जातीय सँस्कार अनुसार जलाएर अन्त्येष्टी गर्न अवरोध पुगेको छ ।

सोमबार राती करिब पौने १ बजे धरान ३ का ४३ वर्षीय पुरुषको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनको शवलाई जातीय सँस्कार अनुसार जलाएर अत्येष्टी गर्न खोज्दा धरानमा रहेको २ वटा दाह सँस्कारस्थलमा अन्त्येष्टी गर्न नदिइएको हो । धरानमा रहेको खत्रीधारास्थित झिँगु समाजले व्यवस्थापन गर्दै आइरहेको दाहसँस्कारस्थल र धरान ८ स्थित बाैँद्ध दाहसँस्कारस्थलमा शव जलाउन स्थानीयले विरोध गरेपछि ती संस्थाले पनि अनुमति नदिएको हो ।

शव जलाउन दाहसँस्कारस्थलमा नदिए पछि झण्डै १२ घण्टासम्म के गर्ने भनेर अन्योल भएको वडाका जनप्रतिनिधि बताउँछन् । सबैतिर फोन गरेर शवजलाउने व्यवस्थापन गर्न पहल गरेपनि सफल नभएको न्यायपालिका सदस्यसमेत रहेका वडा नं ३ का सदस्य विकास वनेपालीले जानकारी दिए । उनका अनुसार मृतक संक्रमितको शवलाई धरानमा मात्र होइन, इटहरी र चतरास्थित घाटमा समेत जलाउन स्थानीयले अनुमति दिएनन् ।

“अस्पतालबाट फोन आएको आएकै छ, तर शव जलाउनै नदिएपछि कहाँ लैजाने ? दाहसँस्कारस्थलमा जलाउनै नदिने अमानवीय व्यवहार भइरहेको छ,” वडा सदस्य वनेपालीले भने,“सरकार र प्रहरी प्रशासनले शव जलाउनको लागि उचित व्यवस्थापन गरिदिनुपर्यो, होइन भने पहिलाको जस्तै संक्रमितको शव परिवारलाई जिम्मा लगाउने होइन, सेनाले नै लगेर अन्त्येष्टी गरिदिनुपर्यो । ”

धरानमा संक्रमितको शवलाई जलाउन नदिएको यो दोस्रो पटक हो । यसअघि पनि ३ दिनअघि (बैशाख २५ गते) धरान १६ का एक संक्रमितको शवलाई जलाउन खत्रीधारास्थित दाहसँस्कारस्थल लैजादा स्थानीयले विरोध गरेका थिए । संक्रमितको शव जलाउन नदिने भनेर स्ष्नयिय विरोधमा उत्रिएपछि राती करिब ११ बजे उक्त शवलाई जंगलमा लगेर गाडिएको वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख भेषराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार मंगलबार पनि धरान, इटहरी र चतरामा समेत संक्रमितको शव जलाउन नदिए पछि विराटनगरको सिंघिया खोलास्थित घाटमा अन्त्येष्टी गर्न लगिएको छ । उनले भने, “धरान इटहरी, चतरा कहीपनि संक्रमितको शवजलाउन नदिएपछि परिवारले सिंघियामा लागेर अन्त्येष्टी गरिदैछ । मानिसहरुमा चेतनाको कमी भनौं या के हो, संक्रमितको शवलाई पनि जलाउन अवरोध पुग्यो । शव जलाउने बिषयमा यस्तो विरोध नभए हुन्थ्यो ।”

खत्रीधारास्थित शव दाहसँस्कारस्थलको व्यवस्थापन गर्दै आएको झिँगु समाजका अध्यक्ष सुरेन्द्र स्थापित संस्थाले नभै स्ष्नयिय जनताले संक्रमितको शव जलाउन नदिने भनेपछि रोकिएको बताउँछन् । यस्तै, बौद्ध दाहसँस्कारस्थलका सञ्चालक समिति अध्यक्ष कर्ण तमु पनि स्थानीयबासीले नै संक्रमितको शव जलाउन नदिने भनेर विरोध गरिरहेको कारण शव अत्येष्टी गर्न अनुमति नदिइएको बताउँछन् । “हामीले मात्र दिने भनेर हुदैन, स्थानीय जनता नै विरोधमा भएकोले हो । हामीले हाम्रो संस्थाको सदस्य संक्रमित भएर मृत्यु भए जलाउने भन्यौं, तर स्ष्नयिय बासिन्दाले विरोध गरेपछि त्यो पनि नदिने निर्णय गर्नुपर्यो,”तमुले भने ।

सुनसरीका प्रमुख जिल्ला अधिकार उमेशकुमार ढकालले शव व्यवस्थापनको लागि ठाउँ खोज्ने र व्यवस्थापनको जिम्मा स्थानीय पालिकाहरुलाई नै दिइएको बताए । पालिकाहरुले नै ठाउँ खोजेर शवको व्यवस्थापन गर्नुपर्ने प्रजिअ ढकालले जानकारी दिए । यता, धरान उपमहानगरपालिकाका मेयर तिलक राई सबै दाहसँस्कारस्थलका मानिसहरुसँग छलफल गरेर निर्णय गरेपनि स्थानीयवासीहरुको बुझाइको कमजोरीले समस्या भएको बताए । शवलाई सहजरुपमा अन्त्येष्टी गर्ने वातावरण बनाउन समन्वय र पहल भइरहेको पनि मेयर राईको भनाई थियो । “हामीले यस्तै अवस्था आउन सक्छ भनेर दाहसँस्कार गर्ने ठाउँ, सामुदायिक वन समुहहरुसँग छलफल गरेर सहमति गरेका थियौं, तर अहिले स्थानीयवासीहरुको बुझाई फरक परेर अवरोध पुगेको हो, सहजीकरण गर्न समन्वय गरिरहेका छौं,” उनले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other governance issues
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments