Incident Reports

महामारीमा गैह्रजिम्मेवार बनेको भन्दै भरतपुर महानगर र चितवन प्रशासनविरुद्ध युवाहरुको प्रदर्शन (फोटो/भिडियोसहित)

2021-05-11

Bagmati, Chitawan, Bharatpur

कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला गैह्रजिम्मेवार बनेको भन्दै भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालय चितवनविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।विभिन्न संस्थाको प्रतिनिधिका रुपमा उपलब्ध युवाहरुले मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले बोेकेको प्लेकार्डमा जनताको उपचारको ग्यारेन्टी खै ?, यो महामारीमा दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्र ?, यो महामारीमा जनताको प्रतिनिधिको दायित्व के ? आइसियु नभएर जाँदै छ ज्यान ! ! सिडियो साबको कता छ ध्यान ? प्रशासन जनताले रोग थग्ने की भोक ?, देशकै मेडिकल सिटीमा ! जनता मर्नुपर्ने अस्पतालको पेटीमा ! !, भेन्टिलेटर कता किन्न पाइन्छ ? महामारीको पूर्व तयारी खोई ? भन्ने कुराहरु लेखिएका थिए ।

प्रदशानकारी मध्येका एक सन्तोष पन्तले कोरोनाको महामारीका बेला पनि सरोकारवाला निकायहरुले गैह्र जिम्मेवारी प्रस्तुत गरेका कारण उनीहरुलाई झकझकाउन प्रदर्शन गरिएको बताए । चितवनका विभिन्न संस्थाबाट प्रतिनिधिका रुपमा प्रदर्शन गर्न आएको उनले बताए ।

मेडिकल सिटीका रुपमा परिचित चितवनमा बेड अभाव भएर बिरामी मृत्यु हुनु निकै दुखद भएको बताउँदै उनले जिल्लामा कोभिड अस्पताल बनाउन नभए अस्पतालको विस्तार गर्न पनि आफूहरुले माग राखेको बताए । विभिन्न तवरबाट पटकपटक माग राख्दा पनि कुनै वास्ता नभएपछि प्रदर्शनमा निस्किनुपरेको उनको भनाइ छ ।

माथि भिडियो प्ले नभएमा यो लिंकमा क्लिक गर्नुहोस्, https://fb.watch/5q7uWsS1TI/

निषेधाज्ञा सुरु भएदेखि नै आफूहरुले चौबिसकोठीमा हेल्पडेस्क राखेर चितवनवासीलाई सहयोग गरिरहेको उनले बताए । हेल्प डेस्कमा स्वास्थ्यकर्मी, एम्बुलेन्स र अक्सिजनसहितको निशुल्क सेवा उपलब्ध गराएको उनले बताए । यदि कसैलाई घरमै यी सेवा चाहिएमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । हालसम्म करिव दुई सय जनालाई यी सेवाहरु दिइसकिएको बताउँदै उनले हालसम्म सरकारी तवरबाट कुनै वास्ता नभएको बताए । आफूहरुले यस्तो काम गरिरहँदा भरतपुर महानगर भने निरीह बनेको उनले बताए । अहिलेसम्म आफूहरुले दुई सय वटा कोभिडका बिरामीलाई रेखदेख गरिसक्दा पनि भरतपुर महानगरको तर्फबाट केही हुन नसकेकाले जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको उनले बताए । महानगरले सेवा सुरु गरेको भने पनि त्यो प्रभावकारी नभएको उनले बताए । यस्तो बेला सरकारले जनतलाई निशुल्क सेवा दिनुपर्छ भनेर आफूहरुले आवाज उठाइरहेको उनले बताए ।

अर्का प्रदर्शनकारी अमृत काफ्लेले बिरामीहरुले एम्बुलेन्स नपाएको तथा होम आइसोेलेशनमा चिकित्सक नपुगेको देख्दा आफूहरुले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित होम आइसोलेशनमा जाने निशुल्क सेवा सुरु गरेको बताए । उनले आफूहरुकै भर सरकारले कहिलेसम्म पर्ने हो ? भनेर प्रश्न पनि गरे । ‘हामीले सँधै बिरामी ओसार्न सक्दैनौं । बिरामीलाई हेर्न घर जान सुक्दैनौं । अबको नेतृत्व गर्ने कसले ? सरकारी निकाय हाम्रै भर कहिलेसम्म पर्ने ?

प्राइभेटको आइसियु खाली हुने सरकारी अस्पतालमा बिरामी थुप्रिरहेको अवस्थामा जिल्ला प्रशासनले केही गर्नुपर्ने उनले बताए । एकहप्ता अघि सबै माग राखेर प्रशासनमा चिठी पठाए पनि त्यसको कुनै सुनुवाइ तथा जवाफ नआएकाले आज प्रदर्शन गर्न आएको उनले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments