Incident Reports

उपचारका क्रममा बालकको मृत्युपछि जिल्ला अस्पतालमा तोडफोड

2021-05-13

Province 1, Solukhumbu, Solududhakunda

सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका तीन वर्षीय ङिमानुरू शेर्पाको उपचारका क्रममा जिल्ला अस्पतालमा फाप्लुमा वैशाख ३० गते मृत्यु भएपछि पीडित पक्षले अस्पताल तोडफोड गरेको छ ।झाडावान्ताका बिरामी बालकलाई वैशाख ३० गते बिहान ७ बजे अस्पताल ल्याए पनि चिकित्सकले बिहान ११ बजेपछि मात्र उपचार गर्दा बालकको मृत्यु भएको पीडित पक्षको आरोप छ ।

समयमा बालकले उपचार नपाएका कारण मृत्यु भएको भन्दै अस्पतालको आकस्मिक कक्ष तोडफोग गर्ने पीडित बालकका काकालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।झाडावान्ताका बिरामी बालकलाई वैशाख २८ गते अस्पताल ल्याएको तर चिकित्सकले सामान्य उपचार गरी घर पठाएको पीडित बालकका बाबु दावा गेलु शेर्पाले बताउनु भयो ।

उपचारपछि बालकको अवस्था बिग्रिदै गएपछि पुन वैशाख ३० गते अस्पताल ल्याएको बाबु दावा गेलु शेर्पाले बताउनु भयो ।बालकलाई प्रशस्त पानी पिलाउँनुको सट्टा फलफूल र फ्रुटी खान दिएर अवस्था जटिल भएपछि अस्पताल ल्याउँदा उपचार प्रभावकारी नभएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले बताउनु भयो ।तोडफोडबाट आकस्मिक कक्षसहित अन्य उपचार सामाग्रीमा क्षति पुगेपनि यकिन  विवरण प्राप्त नभएको अस्पताल प्रशासनले जनाएको छ ।पीडित पक्षले बालकको शव नबुझेपछि अस्पतालमै राखिएको छ ।

भोजराज कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments