Incident Reports

निषेधाज्ञा उल्लंघन गर्ने पक्राउ, संक्रामक रोग ऐन २०२० विरुद्धको कसुर

2021-05-14

प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै पाँच जनालाई पक्राउ गरेको प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नं. १० का २६ वर्षीय साहेव शेख, त्यस्तै पोखरीय नगरपालिका वडा नं. ३ का १९ वर्षीय हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका वडा नं.४ का ३० वर्षीय भोलाप्रसाद साह, वीरगन्ज महानगरपालिका वडा नं. १३ का ३० वर्षीय मोहमद असरफ राइन र भारत विहारको वेतिया वैरिया वडा नं.३ का मुन्ना साह रहेका छन्।

उनीहरुले जारी निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने कार्यको लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारबाहीमा अवरोध पुर्याएकाले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनले पक्राउमा परेका तिनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments