Incident Reports

धनकुटामा जेठ १५ गतेसम्म निषेधाज्ञा

2021-05-14

धनकुटा — धनकुटामा कोरोना संक्रमण बढदै गएपछि स्थानीय प्रशासनले शुक्रबार मध्यरातिदेखि आगामी जेठ १५ गतेसम्म लागू हुने गरी धनकुटा जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) धनकुटाको शुक्रबार अपराह्न बसेको बैठकले आगामी जेठ १५ मध्यरातिसम्म निषेधाज्ञा जारी गरेको हो ।

 डिसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समय बाहेक सम्पूर्ण व्यवसाय तथा पसल, निजी तथा सार्वजनिक भाडाका सवारीसाधन बन्द रहने छन् । तर दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु, फोहर बोक्ने, एम्बुलेन्स, प्रेस लगायतका साधन सञ्चालन अनुमति दिइने प्रजिअ दाहालले बताए । 

सामाजिक दूरी कायम गरी स्वास्थ्य सावधानीका विधि पूर्णरुपमा अपनाएर मात्र निर्धारित समयमा सामग्री खरिद गर्न सूचित गरिएको छ । दैनिक उपभोग्य वस्तु बिक्री गरिने पसल तथा आयोजना योजनामा प्रयोग हुने सामग्री उपलब्ध हुने पसल बिहान ७ देखि १० र बेलुकी ४ देखि ६ बजेसम्म खुला गर्न अनुमति दिइएको छ । 

कोसी राजमार्ग, रवि राँके भेडेटार सडक, मध्य पहाडी राजमार्गमा अत्यावश्यक ढुवानी तथा अन्य सवारी साधन सञ्चालन गर्न दिइएपनि जिल्लाभर कुनै यात्रु चढाउन र उतार्न नपाइने सूचनामा उल्लेख छ । धनकुटामा दैनिकजसो कोरोना संक्रमित उल्लेख्य बढ्दै गएको छ । हालसम्म २४७ संक्रमित र ४ जनाको मृत्यु भएको जनाइएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments