Incident Reports

विराट मेडिकल कलेजको फार्मेसीबाट रेम्डेसिभिरको कालोबजारी

2021-05-17

Province 1, Morang, Biratnagar

विराट मेडिकल कलेजमा रहेको फार्मेसीले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर कालोबजारी गरेको पाइएको छ।  विराट मेडिकल कलेजभित्रको फार्मेसीले यस्तो गरेको फेला परेको हो। कालोबजारी गर्न लुकाएर राखिएको रेम्डेसिभिर औषधी व्यवस्था विभाग विराटनगर र मोरङ प्रहरीले फेला पारेको छ।

विभाग र प्रहरीले गरेको अनुगमनका क्रममा २४ भाइल रेम्डरेसिभिर बरामद भएको मोरङ प्रहरीले जनाएको छ। सोमबार गरिएको अनुगमनका क्रममा फार्मेसीभित्र रेम्डेसिभिर फेला परेको हो।गम्भीर र कडा लक्षण भएका कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर नपाएर बिरामीका आफन्त भौंतारिरहेको बेला कालोबजारी गर्ने उद्देश्यले फार्मेसीले लुकाएको हो।

कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालमा केही दिन अगाडि तीन सय भाइल रेम्डेसिभिर  आएको थियो।अस्पतालमा रेम्डेसिभिर आएको सूचनापछि बिरामीका आफन्तले माग गर्दा फार्मेसीले सकिएको बताएको थियो। यो गुनासो प्रहरीमा पुगेपछि सोमबार अनुगमन गरिएको थियो।

अनुगमनको क्रममा लुकाएर राखिएको अवस्थामा २४ भाइल भेटिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए।

‘विराट टिचिङ हस्पिटलभित्रको फार्मेसीले रेम्डेसिभिर सकिएको भन्दै बिरामीका आफन्तलाई फर्काएको जनगुनासो आएपछि विभागले गरेको अनुगमनको क्रममा लुकाएर राखिएको अवस्थामा भेटिएको हो,’ उनले भने, ‘लुकाएको रेम्डेसिभिर बिरामीलाई सामानुपातिक ढंगले सरकारले तोकेको दररटेमा बिक्री गर्न निर्देशन दिएका छौं।’

रेम्डेसिभिर आयात गरेपछि फार्मेसीले अभिलेख राख्नुपर्ने नियम छ। त्यसमा २४ भायल रेम्डेसिभिरको रेकर्ड नै तलमाथि देखिएको विभागले जनाएको छ।

फार्मेसीमा बिरामीको आफन्त जाँदा नपाइने सो इन्जेक्सन सरकारले तोकेको मूल्यभन्दा तीन गुणा बढी मूल्यमा खरिद-बिक्री हुने गरेको छ। कोरोना संक्रमितको उपचार गर्ने अस्पताल अगाडिको फार्मेसीबाट गिरोह परिचालन गरेर कालोबजारी हुने गरेको संक्रमितका आफन्तले बताएका छन्।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments