Incident Reports

भरतपुर अस्पताल फार्मेसीको जिम्मा अहेबलाई!, फार्मासिस्ट आन्दोलित

2021-05-18

Bagmati, Chitawan, Bharatpur

चितवन । भरतपुर सरकारी अस्पतालको फार्मेसी सरकारबाट जारी भएको ऐन नीति नियम विपरित सञ्चालन भएपछि फार्मासिस्टहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल फार्मेसी सम्बन्धमा उल्लिेखित नीति, नियम एवं कार्यविधि हुबहु लागू हुनुपर्ने मागसहित फार्मासिस्टहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले फार्मेसी हेर्ने जिम्मा फार्मासिस्टलाई दिनु भनेको भएपनि अस्पतालले फोर्मेसीको सम्पूर्ण जिम्मेवारी अहेबलाई दिएको छ । ‘जुन बिषयका लागि जागिर खान आएको हो तेसैको जिम्मेवारी दिनुपर्ने’ आन्दोलनका संयोजक डा. शैलेस बस्यालको माग रहेको छ ।

फार्मेसीमा अहिले अर्कै फिल्डका कर्मचारी अहेबलाई जिम्मा दिइएकोमा फार्मासिस्टहरु असन्तुष्ट रहेका छन् । फार्मेसीको काम फार्मेसिस्टलाई नै दिन प्रशासन समक्ष पटकपटक माग राख्दा पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक बस्यालले जानकारी दिए ।

बस्यालले अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई समेत ज्ञापन पत्र बुझाइएको बताए । यस्तै चितवनका प्रमुख जिल्ला अधिकारीलाई समेत आन्दोलनकारीहरुले यसबारेमा जानकारी गराएका छन् । आन्दोलनकारीहरु हातमा कालोपट्टी बाँधेर १ घन्टा धर्नामा बसेका थिए ।

आन्दोलन गरेपनि काम भने जारी नै राख्ने बस्यालले बताए । हाल भरतपुर अस्पतालमा २३ जना फार्मेसिस्ट कार्यरत छन् । अस्पतालमा अहिले औषधिको चरम अभाव रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments