Incident Reports

‘अक्सिजन अभावमा नागरिक मार्न पाइदैन’ भन्दै प्रदर्शन

2021-05-18

काठमाडौं : अक्सिजन अभावमा नागरिकले अकालमा ज्यान गुमाउन थालेपछि कपिलवस्तुका अधिकारकर्मीले सांकेतिक विरोध गरेका छन्।

कपिलवस्तुमा कोरोना संक्रमितले पर्याप्त अक्सिजन नहुँदा सर्वसाधारणले अकालमै ज्यान गुमाउन थालेपछि अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन्।

अक्सिजन अभावमा नागरिक मार्न पाइदैंन लेखेको प्ला कार्ड बोकेर माहुरी होम कपिलवस्तुका अध्यक्ष रवि ठाकुर लगायतका अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि उभिएर ध्यानाकर्षण गराएका छन्।

उनीहरुले सरकारले यो बेला सर्वसाधारणको ज्यान बचाउने बाहेक अरु सोच्न नहुने भन्दै तत्काल प्रयाप्त अक्सिजन व्यवस्था गर्न माग गरेका छन्। तत्काल कोरोना खोप व्यवस्था गर, स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर, कपिलवस्तुमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर लगाएका नारा प्ला कार्डमा लेखिएको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments