Incident Reports

मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

2021-05-24

Karnali, Surkhet, Birendranagar

कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि केही युवाहरुले  धर्ना दिएका छन् ।

प्रदेशमा पर्याप्त अक्सिजनको माग गर्दै युवाहरूको समूहले आज धर्ना दिएका हुन् ।  उनीहरुकाे माग ‘जिम्मेवार बन सरकार’, ‘इनफ इच इनफ’, ‘दैनिक २५० सिलिन्डर अक्सिजनको व्यवस्था गर’ लगायत छ ।

एकजना युवा अभियन्ता अनिल ढकालले पहिलो दिन धर्नामात्र बसेको र यदि प्रदेश सरकारले साँच्चिकै जनताको स्वास्थ्यमाथि जिम्मेवार नबनेको अवस्थामा रिले अनसनदेखि आमरण अनसनसम्म बस्ने बताएका छन् ।

निषेधाज्ञामा उनीहरुले मुख्यन्त्री कार्यालय अगाडि नै गएर धर्ना दिएका हुन् । कर्णाली प्रदेशमा हाल अक्सिजनको चरम अभाव छ । अक्सिजनको लागि नेपालगन्जकै भर पर्नुपर्ने अवस्था छ ।  प्रदेशका विभिन्न क्षेत्रमा अक्सिजन प्लान्ट मार्फत् अक्सिजन उत्पादन भए पनि त्यो पर्याप्त हुन सकेको छैन ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments