Incident Reports

निषेधाज्ञामा भोकै परेका सुकुम्बासीको टहरा भत्काउने प्रयास, सुकुम्बासीमाथि प्रहरीको कुटपिट

2021-05-24

Province 1, Jhapa, Damak, Ward 7

गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्‍याएका सुकुम्बासीलाई दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ ।दमक–७ स्थित पञ्चमुखी टोलका सात घर सुकुम्बासीले त्रिपाल लगाएर बनाएको टहरा सोमबार भत्काउने प्रयास गरेको हो ।

कोरोना महामारीले भोकै भएका सुकुम्बासीमाथि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटाएर सुकुम्बासीमाथि हातपात गर्दै त्यहाँबाट पनि हटाउन खोजेको हो । सोमबार बिहान प्रहरी पुगेर उनीहरूले बनाएको त्रिपालको टहरा भत्काउने प्रयास गरेको थियो । त्यो क्रममा प्रतिकार गर्दा प्रहरीले सुकुम्बासीमाथि हातपात गर्‍यो ।

प्रतिकार गर्ने क्रममा सुकुम्बासी कोपिला विश्वकर्मालाई महिला प्रहरीले कपालमा समाएर बेहोस बनाएको सुकुम्बासी मनिष बराइलीले जानकारी दिए । ‘उहाँहरू त्रिपाल उठाएर लान आउनुभयो । यस्तो वेलामा हामी कहाँ जाने ? दिदी(कोपिला)ले यस्तो वेलामा टहरा नभत्काइदिनु भन्नुभयो,’ उनी भन्छन्,‘एक जना महिला प्रहरीले कपालमा तानेर घुमाएको घुमाई गर्नुभयो । दिदी बेहोस भएर हुनुभयो ।’

कोपिला बेहोस भएपछि र सुकुम्बासीले विरोध गरेपछि प्रहरी टहरा नभत्काई फर्कियो । बेहोस् भएकी ती महिलालाई पनि उपचारमा लैजानुको सट्टा त्यसै छाडेर हिँडेको सुकुम्बासी राम सम्बाहाम्फेले बताए ।

‘माइजु(कोपिला)लाई बेहोस बनाए । अस्पताल लगिदिनुप¥यो भनेर कति भन्यो । उल्टै प्रहरीले उल्टै हप्कायो । तर, बिरामीलाई हेरेनन्,’ उनी भन्छन्, ‘बेहोस भएर लडेकी एउटी महिलालाई छाडेर प्रहरी हिँड्यो । पछि हामीले आफैँ सिटीमा हालेर उपचार गर्न लग्यौँ ।’

२७ फागुनमा डोजर लगाएर घर भत्कमएपछि त्रिपालमुनि पुगेका सुकुम्बासीलाई नगरपालिकाले वेलावेला बस्तीमा पुगेर धम्की दिइरहन्छन् । सोमबार टहरा भत्काउन गएको प्रहरी स्थानीयको अवरोधपछि त्यसै फर्कियो । तर, महलिामाथि हातपात गरेको सुकुम्बासी युवा मानाहाङ सुब्बा बताउँछन् । ‘हामी त्रिपालमुनि छौँ । घामपानी यहीँबाट झेलिरहेको छौँ ।

अर्को हामीलाई खबरै नगरी नगरपालिकाले डोजर लगाएर घर भत्कायो । हामी यहाँ २० वर्षदेखि छौँ । अन्त कहीँ केही छैन । कहाँ जाने ?,’ उनले भने, ‘दुई महिनादेखि बिहान बेलुका प्रहरी आएर महिला दिदीबहिनीलाई औँला उज्जयाएर पख्लास् भन्दै हिँड्छन् । के हामी यो देशको नागरिक नै हैन ?’

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भोकै परेका सुकुम्बासीमाथि प्रहरीले दमक नगरपालिकाले हत्याचार गरेको हो । दुई महिनाअघि घर भत्काउँदा सुकुम्बासीलाई पूर्वजानकारी थिएन । उनीहरूले घरका सामान पनि निकाल्न पाएका थिएनन् ।

एकैपटक डोजरसहित बाक्लो प्रहरी बस्तीमा आएपछि झस्किए सुकुम्बासी । विगतदेखि नै उचित व्यवस्थापनको माग गर्दै आएका केही सुकुम्बासीलाई बिहानै प्रहरीले नियन्त्रणमा लियो । भत्काउँदै गर्दा घर सर्ने समय माग्ने सुकुम्बासीलाई पनि पक्राउ ग¥यो । त्यो वेला सुकुम्बासीको घरमा रहेका खाद्यन्नदेखि सबै सामान नगरपालिकाले गाडीभित्र हाल्यो र लग्यो ।

कोरोना महामारीसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने सुकुम्बासी अहिले समस्यामा छन् । सात घर सुकुम्बासीको चुल्हो निभ्ने अवस्था आएको छ । तर, यस्तै वेला नगरपालिकाले टहरामुनिबाट पनि हटाउन खोज्दै छ । यसवेला उनीहरूलाई अब कहाँ जाने भन्ने चिन्ता छ । भत्काइएका सात घर परिवार विपन्न दलित र जनजातिको छ ।

घर भत्किएपछि गर्दै गरेको काम पनि पाइन छाडेकाले दैनिक हातमुख जोड्नै मुस्किल भएको सुकुम्बासी बालकुमार राई बताउँछन् । ‘हामी धेरै जना दैनिक ज्यालादारीमा काम गर्छौँ । तर, घर भत्काएपछि कसैले काम दिन छाड्यो । यिनीहरू त तनाबमा छन्, काम सक्दैनन् भनेर कामै दिँदैनन्,’ उनी भन्छन्, ‘नगरपालिकाले पनि दिएको सामान फिर्ता दिएन । अब के खाएर बाँच्ने ? उल्टै यस्तो घरमा आएर कुटपिट गर्छ ।’

उनीहरू एउटै टहरामा सात घर बस्दै आएका छन् ।सुरुवातमा भान्सा पनि एकै ठाउँ थियो, सात परिवारको । तर, अहिले भान्स अलग छ । सुत्ने ठाउँ एउटै टहरमा छ । उनीहरूले घर भत्काएर रहेका पुराना टिनलाई सदुपयोग गर्दै टहरा बनाएका छन् । तर, यो महामारीको समयमा पनि नगरप्रहरी दैनिक जसो आएर उनीहरूलाई धम्क्याइरहेको बलबहादुर विश्वकर्मा बताउँछन् ।

‘सुरुमा त हामीले अधिकारका लागि आन्दोलन पनि गर्‍यौँ । तर, कोरोनाले अहिले सबै ठप्प भयो । यहाँ कसरी बसेका छौँ यसको पीडा कसलाई थाहा छ र !,’ उनी भन्छन्, ‘टहरा बनाएको देखेर नगरपालिकाको आँखा बलेको छ । घरिघरि नगर प्रहरी आएर धम्की दिइरहन्छन् । यहाँबाट नहटे जुनसुकै वेला खेदाउने भनिरहन्छन् ।’

महामारीमा टहरा बनाउने अनुमति कस्ले दियो ? : मेयर ओली

महामारीमा किन लखेट्न खोजिएको भनेर प्रश्न गर्दा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले महामारीमा सुकुम्बासीलाई कसले टहरा बनाउने अधिकार दियो भन्दै प्रतिप्रश्न गरे । मेयर ओलीले त्यहाँ रहेका सुकुम्बासीलाई अन्त व्यवस्थापन गर्दा पनि नगएको दाबी गरे ।

यस्तै, प्रहरीको कुटाइबाट महिला घाइते नभएको दाबी हुनको थियो । ‘ती महिलाले नाटक गरेकी हुन् । प्रहरीले कुट्दै नकुटी कसरी घाइते भइन् ? उनलाई प्रहरीले अस्पताल लगेको सूचना मलाई आएको छ,’ उनले भने, ‘नयाँ पत्रिकाले दमकमा भएको राम्रो काम देख्दैन ? किन यस्तै कुरा मात्र लेख्छ ?’ नयाँ पत्रिकामा चिरञ्जीवी घिमिरेले लेखेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments