Incident Reports

महामारीमा वीपी प्रतिष्ठानमा धर्ना

2021-05-24

Province 1, Sunsari, Dharan

धरान : कोराना महामारीमा बिरामीको सहज उपचार नभएको भन्दै धरानमा क्रियासिल सम्पूर्ण राजनैतिक दलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धर्ना दिएका छन् ।  सोमबार दर्जन भन्दा बढी राजनैतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर उपचार सेवा प्रभावकारी बनाउन माग गरेका छन् ।

कोरोना महामारीका समयमा प्रतिष्ठानको कोभिड अस्पतालमा धरानका संक्रमितलाई भर्ना नगरेको, आइसीयू र भेन्टिलेटर विस्तार नगरेको, अक्सिजन प्लान्ट मर्मत नगरेको र अन्य रोगका बिरामीको समेत जहज रुपमा उपचार नगरेका कारण प्रतिष्ठान व्यस्थापनविरुद्ध आन्दोलनमा उत्रनु परेको नेकपा एमाले धरानका अध्यक्ष नारायण सुवेदीले बताए । उनले प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको सेवा सुधार गर्न भन्दा पनि कमिसनको खेलमा लागेका कारण प्रतिष्ठानको अवस्था कमजोर बनेको बताए । 

प्रतिष्ठानमा बिरामीले महिनादिनसम्म पर्खदा समेत सिटि स्क्यान, एमआरआइ, र भिडियो एसरे सेवा नपाएको गुनासो आएको कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले बताए । उनले पटकपटक प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भेटेर प्रतिष्ठान सुधार गर्न अनुरोध गर्दा समेत वास्ता नगरिएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । 

प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल संचालन गरेको भएपनि ५० भन्दा बढी बिरामीलाई भर्ना नगरेका कारण संक्रमित बिरामीको उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङ लिम्बूले बताए ।

उनले धराने जनता उपचार नपाउर मरिरहेको अवस्थामा धरानवासी चुप लागेर बस्न नसकेका कारण यस्तो परिस्थितिमा आन्दोलन गर्नु परेको बताए । उनले प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान सुधार नगरे पदाधिकारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments